हुम्लामा आगलागी, पाँच घर जले, दुई जना घाइते

हुम्लामा आगलागी, पाँच घर जले, दुई जना घाइते

शुक्रवार, पौष ११ २०८२
शुक्रवार, पौष ११ २०८२
  • हुम्लामा आगलागी, पाँच घर जले, दुई जना घाइते

    सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागी हुँदा पाँच घर जलेका छन् । सो घट्नामा परेर दुई जना घाइते भएका छन् । 

    गएराति लैबा फडेरोको घरबाट आगलागी सुरु भएको आगलागीबाट जयराम फडेरा, क्रान्ति फडेरा, रमेश महतारा र मोहन महताराको घरमा क्षति पुगेको छ । आगोमा जलेर लैबा फेडेरा र बम्बु फडेरा घाइते भएका छन् । 
    घाइतेलाई उपचारका लागि राति नै एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोट ल्याइएको छ । घाइतेको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा उमाकान्त तिवारीले बताए । 

    आगलागीको कारण थाहा हुन नसकेको र घट्नाका सम्बन्धमा अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij