उदयपुरका ३४ वर्षीय युवकको भक्तपुरमा हत्या

उदयपुरका ३४ वर्षीय युवकको भक्तपुरमा हत्या

शुक्रवार, पौष ११ २०८२
शुक्रवार, पौष ११ २०८२
  • उदयपुरका ३४ वर्षीय युवकको भक्तपुरमा हत्या

    उदयपुर । भक्तपुरमा तिन दिनअघि मृत फेला परेका युवक उदयपुरको ताप्ली गाउँपालिकाका रहेको पुष्टि भएको छ।

    मङ्गबार राति भक्तपुर नगरपालिका ३ स्थित एक निर्माणाधीन भवनमा हत्या भएको अवस्थामा फेला परेका ३४ वर्षीय पूर्ण ठकुरी उदयपुर ताप्ली गाउँपालिका ३ इनामे दगलेका स्थायी बासिन्दा भएको पुष्टि भएको छ ।  

    भक्तपुरस्थित निर्माणाधीन साढे ३ तले घरको भुईतलामा मृत अवस्थामा भेटिएका युवा उदयपुरका भनिए पनि स्पष्ट ठेगाना नखुलेपछि स्थानीय प्रहरीले खोज अनुसन्धान थालेको थियो । 

    प्रहरीले फोटो सार्वजनिक गर्दै खोजी कार्य थालेपछि बिहीबार बिहान मृतकका आफन्तजन सनाखत गर्न आएको भक्तपुर प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij