काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी अण्डाको मूल्य घटाएको छ ।
नयाँ मूल्यअनुसार अति ठूलो अण्डा प्रति क्रेट ५३०, ठूलो अण्डा ५१५ र मिडियम अण्डा प्रति क्रेटलाई ५ सय रुपैयाँ समर्थन मूल्य तोकेको छ ।
संघले तीन प्रकारकै अण्डाको मूल्यमा प्रति क्रेट ५० रुपैयाँ घटाएर नयाँ समर्थन मूल्य सार्बजनिक गरेको हो । यसमा ढुवानी भाडा प्रति पेटी १३० अतिरिक्त लाग्ने संघले जनाएको छ ।