काठमाडौँ । मोरङको विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा कोशी प्रदेशका राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ ।
२७ वर्षीय थापाको आज बिहान भएको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी विराटनगर बासिन्दा हुन् । विराटनगर–४ स्थित भित्री सडकखण्डमा एयरपोर्ट लाइनबाट गणेश चोक जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।
घाइते थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याइए पनि राति साढे १२ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।