जेनजी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

जेनजी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • जेनजी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

    काठमाडौं ।  आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक जेनजी जनविद्रोहलाई यथास्थितिमा तुहाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । 

    आज पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले राज्यको बेइमानी र प्रतिक्रियावादी शक्तिको घेराबन्दीका कारण मुलुक गम्भीर सङ्कटतर्फ धकेलिँदै गएको बताए ।

    भ्रष्टाचार, बेथिति र दलिय अत्याचार मौलाउँदै जाँदा जनआन्दोलन कमजोर पार्ने प्रयास भइरहेको उनले उल्लेख गरे । 

    बैठकमा समसामयिक राजनीति, सङ्गठन सुदृढीकरण, आगामी कार्ययोजनाबारे छलफल भइरहेको पार्टीका प्रवक्ता चन्द्रभूषण साहले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij