काठमाडौं । नेपाली कांग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने भएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।
पार्टीको बैठकले निर्वाचन आयोगमा बुझाउने र प्रदेशसभाको बन्दसूचीबाट हटाउन पत्र लेख्ने निर्णय गरेको छ । बैठक बिहीबार दिउँसो १ बजे पुनः बस्ने भएको छ ।