राष्ट्रिय सभा निर्वाचनका लागि सबै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

राष्ट्रिय सभा निर्वाचनका लागि सबै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • राष्ट्रिय सभा निर्वाचनका लागि सबै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

    काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि सबै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त भएका छन् । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने  राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको हो । 

    आयोगको मंगलबार बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम ७ जन जिल्ला न्यायाधीशलाई यहीँ पुस १५ गतेबाट लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरेको हो । 

    नियुक्त भएका निर्वाचन अधिकृतले  पुस १६ गतेदेखि सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

    ebac5d29-fc05-47ac-bfdc-febd89f41fe2.jfif

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij