छ राजनीतिक दलको दर्ता खारेज, कुन कुन परे ?

छ राजनीतिक दलको दर्ता खारेज, कुन कुन परे ?

बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • छ राजनीतिक दलको दर्ता खारेज, कुन कुन परे ?

    काठमाडौं । निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले नीयमित रूपमा लेखापरीक्षण नगराउँने दलको दर्ता खारेज गरेको हो । 

    लेखापरीक्षण प्रतिवेदन नबुझाएको र त्यसबापत जरिवाना गर्दा पनि नबुझाएपछि ती दल खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ । जरिवानासमेत नबुझाएपछि राजनीतिक दलसम्बन्धी ऐन, ०७३ बमोजिम खारेज गरिएको आयोगका राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले बताए ।  

    यी हुन् दर्ता खारेज हुने दल 
    १. आमआदमी पार्टी, नेपाल 
    २. नेपाल कम्युनिस्ट पार्टी, लोकतान्त्रिक
    ३. नेपाल राष्ट्रवादी पार्टी
    ४. आधुनिक नेपाल समाजवादी पार्टी
    ५. नेपाल कम्युनिस्ट पार्टी, गौरवशाली 
    ६. माओवादी जनमुक्ति पार्टी, नेपाल

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij