नेपाली कम्युनिस्ट पार्टीले गर्‍यो २३ बुँदे घोषणापत्र सार्वजनिक

नेपाली कम्युनिस्ट पार्टीले गर्‍यो २३ बुँदे घोषणापत्र सार्वजनिक

बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • नेपाली कम्युनिस्ट पार्टीले गर्‍यो २३ बुँदे घोषणापत्र सार्वजनिक

    काठमाडौं । विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो ।

    पार्टीका नेता देव गुरुङले सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन् ।

    नेकपा माओवादी र नेकपा एससहितका विभिन्न १० वटा घटक मिलेर नयाँ दल घोषणा गरिएको हो ।

    पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाललाई तोक्ने प्रस्ताव पारित भएको छ ।

    नेता महेन्द्रराय यादवले संयोजक र सहसंयोजक तोक्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव हलबाट पारित गरिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij