तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

    दमौली । बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो । 

    मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते हुनुभएका उहाँको उपचारका क्रममा गए राति मृत्यु भएको हो । कुटपिट गर्ने खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij