काठमाडौं । केन्द्रीय प्रहरी प्रवक्तामा डीआईजी अबिनारायण काफ्ले तोकिएका छन् । वर्तमान प्रवक्ता विनोद घिमिरे प्रवन्ध विभागमा सरुवा भएपछि नवनियुक्त डीआईजी काफ्ले उक्त जिम्मेवारीमा गएका हुन् ।
यसअघिका डीआईजी विनोद घिमिरेको सरुवा भएपछि डीआईजी काफ्लेलाई उक्त जिम्मेवारी दिइएको हो ।
सरकारले सोमबार मात्रै पाँच जना डीआईजी बढुवा गरेको थियो भने अविनारायण काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका थिए ।