भक्तपुर बाल सुधारगृहबाट भागेका २० मध्ये १५ जना पक्राउ

भक्तपुर बाल सुधारगृहबाट भागेका २० मध्ये १५ जना पक्राउ

आइतवार, कार्तिक १६ २०८२
आइतवार, कार्तिक १६ २०८२
  • भक्तपुर बाल सुधारगृहबाट भागेका २० मध्ये १५ जना पक्राउ

    भक्तपुर । भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट २० जना बन्दी ढोका फोडेर फरार भएका छन् । बन्दीहरु आज दिउँसो सुधारगृहको ढोका फोडेर फरार भएका हुन् । 

    फरार भएकामध्ये हालसम्म १५ जनालाई  विभिन्न ठाउँबाट पुनः पक्राउ गरिएको र बाँकीको खोजी भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए । आज साँझसम्म बाँकी रहेकाहरूलाई पक्राउ गर्नेगरी खोजी भइरहेको उनले जानकारी दिए ।

    सुधारगृहमा क्षमताभन्दा दोब्बर बन्दी रहेको र बाल सुधारगृह भने पनि युवाहरूलाई समेत बन्दीका रुपमा त्यही राख्न थालेपछि सुधारगृहमा झडप र तोडफोड हँुदै आएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij