बीपी र मेची राजमार्ग अझै पूर्ण अवरुद्ध, जोमसोम–कागबेनी सडक सुचारु

बीपी र मेची राजमार्ग अझै पूर्ण अवरुद्ध, जोमसोम–कागबेनी सडक सुचारु

शनिवार, कार्तिक १५ २०८२
शनिवार, कार्तिक १५ २०८२
  • बीपी र मेची राजमार्ग अझै पूर्ण अवरुद्ध, जोमसोम–कागबेनी सडक सुचारु

    काठमाडौं । हिजोदेखि अवरुद्ध बीपी राजमार्ग अझै खुलेको छैन । निरन्तर लेदो बगिरहेकाले अबरोध हटाएर कहिले सडक सञ्चालनमा ल्याउन सकिन्छ भन्नेबारे अनिश्चित बनेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएकाे छ । लेदो बग्ने क्रम रोकिएमा त्यसको दुई घण्टामा सडक सञ्चालन गर्न सकिने जनाइएकाे छ । राजमार्गको चारसय वेँसी, पिन्थली र मङ्गलटार क्षेत्रमा लेदो झरेको छ ।

    यस्तै वर्षाका कारण अस्ति बिहिवारदेखि अवरुद्ध बनेको मेची राजमार्ग आज पनि बन्द छ । इलाम नगरपालिका वडा नमबर ९ मा पहिरो खसेपछि अवरुद्ध सडक खोल्न प्रयास भइरहे पनि भासिने क्रम नरोकिएको सडक डिभिजन कार्यालयले जनाएकाे छ । मेची राजमार्ग अवरुद्ध हुँदा इलामसहित, पाँचथर, ताप्लेजुङ र झापाका यात्री प्रभावित भएका छन् ।

    यसैबीच जोमसोम–कागबेनी सडक मर्मतपछि सञ्चालनमा आएको छ । विभिन्न ठाउँमा भासिएको सडक मर्मतपछि सञ्चालनमा आएको हो । अब जोमसोमबाट कागबेनी र मुक्तिनाथ पुग्न सहज भएको प्रहरीले जनाएकाे छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij