भोजपुरमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु, चार घाइते

भोजपुरमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु, चार घाइते

शनिवार, कार्तिक १५ २०८२
शनिवार, कार्तिक १५ २०८२
  • भोजपुरमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु, चार घाइते
    भोजपुर । षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर्घटनामा दुईको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
     
    चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको काठ बोकेको ट्याकटर दुर्घटना हुँदा षडानन्द नगरपालिका–४ केराबारीका २५ वर्षे ट्याक्टर चालक आइतबहादुर तामाङ र अरुण गाँउपालिका–४ चरम्बीका १७ वर्षे नविन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख राजु लामाले जानकारी दिए ।
     
    दुर्घटनामा परी घाइते हुनेमा १९ वर्षे दाछिरि शेर्पा, २३ वर्षे अम्बर तामाङ, १८ वर्षे सागर तामाङ र १८ वर्षे सुनिता तामाङ छन् । उनीहरुको दिङ्ला नगर अपस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij