‘मोन्था’ चक्रवातको प्रभाव घट्न थालेपछि मौसममा क्रमिक सुधार

‘मोन्था’ चक्रवातको प्रभाव घट्न थालेपछि मौसममा क्रमिक सुधार

शनिवार, कार्तिक १५ २०८२
शनिवार, कार्तिक १५ २०८२
  • ‘मोन्था’ चक्रवातको प्रभाव घट्न थालेपछि मौसममा क्रमिक सुधार

    काठमाडौं । बंगालको खाडीमा विकसित मोन्था चक्रवातको प्रभाव घट्न थालेपछि मौसममा क्रमिक सुधार भएको छ । पश्चिमी वायू, अरब सागरमा विकसित प्रणाली र मोन्था चक्रवातको समेत प्रभावले केही दिनयता वर्षा र हिमपात भैरहेकोमा गएरातिदेखि क्रमिक सुधार हुन थालेको हो ।

    हिजो पूर्वी भेगका केही ठाउँमा ठूलो वर्षा भए पनि गएराति सामान्य वर्षा मात्रै भएको छ । राति पूर्व र मध्य क्षेत्रका केही ठाउँमा हल्का पानी परेको छ । आज कोशी प्रदेशका थोरै ठाउँहरुमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यस्तै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । आज र भोलि केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहे पनि हिजो, अस्तिजस्तो लगातार झरी र ठूलो वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij