पेट्रोलको मूल्य यथावत, डिजेल सस्तियो

पेट्रोलको मूल्य यथावत, डिजेल सस्तियो

शनिवार, कार्तिक १५ २०८२
शनिवार, कार्तिक १५ २०८२
  • पेट्रोलको मूल्य यथावत, डिजेल सस्तियो

    काठमाडौं । नेपाल आयल निगमले डिजेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य स्थिर राखेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद दरअनुसार पेट्रोल प्रतिलिटर रु.०.०३ र हवाई इन्धन प्रतिलिटर रु.०.८६ ले महँगो भएको छ भने डिजेलको मूल्य प्रतिलिटर रु.१.१९ ले घटेको निगमले जनाएको छ ।

    तर, शुक्रबार बसेको निगमको सञ्चालक समितिको बैठकले पेट्रोलको खुद्रा मूल्यमा कुनै परिवर्तन नगरी यथावत राख्ने निर्णय गरेको छ । निर्णय अनुसार शनिबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर रु.१ ले घटाइएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु.१ ले बढाइएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंको मूल्य प्रतिकिलोलीटर अमेरिकी डलर ७ ले वृद्धि गरिएको छ ।

    568746902_1715443796510168_5607528320973611479_n

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij