गर्भवतीको समयमै हवाई उद्धार हुँदा …

गर्भवतीको समयमै हवाई उद्धार हुँदा …

सोमवार, कार्तिक ३ २०८२
सोमवार, कार्तिक ३ २०८२
  • गर्भवतीको समयमै हवाई उद्धार हुँदा …

    खाँदबारी– सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि सङ्खुवासभाको मकालु गाउँपालिका–३ की २९ वर्षीया सीता तामाङको   हवाई उद्धार गरिएको छ । 

    पाथीभरा स्वास्थ्य चौकीमा सुत्केरी हुन पुगेकी उनीको स्वास्थ्य अवस्था जटिल भएपछि आज बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत विराटनगरस्थित कोशी अस्पतालमा लगिएको हो ।  


    आइतबार बेलुका उनी सो चौकीमा गएकी थिइन् । स्वास्थ्यकर्मीले उनीको   परीक्षणका क्रममा नवजात शिशुका अवस्था जटिल देखिएको जनाउँदै तत्काल ‘रिफर’ गरेका थिए ।  

    प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार आज बिहान मकालु–३ सिम्मास्थित शोभा आधारभूत विद्यालयको मैदानबाट हेलिकप्टरमार्फत गर्भवती तामाङको उद्धार गरिएको हो । 


    उनले भनिन्, ‘समयमै हवाई उद्धार हुँदा गर्भवतीको ज्यान जोगिएको हो ।’ राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत तामाङलाई विराटनगरस्थित कोशी अस्पताल पुर्‍याइएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij