कसैले बनाएको आयोगमा लुरुलुरु बयान दिन जान्नँ : ओली

कसैले बनाएको आयोगमा लुरुलुरु बयान दिन जान्नँ : ओली

आइतवार, कार्तिक २ २०८२
आइतवार, कार्तिक २ २०८२
  • कसैले बनाएको आयोगमा लुरुलुरु बयान दिन जान्नँ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कुनै पनि आयोगले बोलाउँदैमा आफू लुरुलुरु बयान दिन नजाने बताएका छन्।

    आइतबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । साथै, उनले कुनै पनि बयानमा आफैंलाई धोका दिने काम नगर्ने पनि जिकिर गरे ।

    ‘केपी ओली सोझो छ भन्दैमा, आयोगहरू जसजसले जहाँ जहाँ बनाउँदै हिँड्छ । जसले सोध्दै हिँड्छ, त्यहाँ त्यहाँ लुरुलुरु गएर बयान दिने काम हो ?,’ ओलीले भने, ‘त्यस्ता काम केपी ओलीले गर्दैन । कुनै बयानमा आफैंलाई धोका दिने काम केपी ओलीले गर्दैन ।’

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij