रुकुमपूर्व खण्डको मध्यपहाडी लोकमार्ग १९ दिन बन्द

रुकुमपूर्व खण्डको मध्यपहाडी लोकमार्ग १९ दिन बन्द

शनिवार, कार्तिक १ २०८२
शनिवार, कार्तिक १ २०८२
  • रुकुमपूर्व खण्डको मध्यपहाडी लोकमार्ग १९ दिन बन्द

    काडमाडाैं । रुकुमपूर्व हुँदै रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज र डोल्पा जोड्ने प्रमुख सडक करिब तीन साताका लागि बन्द हुने भएको छ ।

    मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने रानिकोट–किटनी सडकखण्डमा बाँकी निर्माण कार्य सम्पन्न गर्नका लागि यही कात्तिक १२ गतेदेखि ३० गतेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार सो अवधिभर सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ । मध्यपहाडी लोकमार्ग आयोजना निर्माण कार्यालयका अधिकारीहरूले बाँकी काम छिट्टै पूरा गर्न तत्काल सडक बन्द गर्नुपर्ने प्रस्ताव गरेका थिए, सोही आधारमा १९ दिनका लागि आवागमन रोकिएको हो ।

    प्रशासनले सडक बन्द अवधिमा सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । ठूला सवारीसाधनका लागि कैचिमोड–धाउन्ने–पोखरा–छिन्खेत मार्ग र साना सवारीसाधनका लागि कैचिमोड–धाउन्ने–नाथिगाड–धपे मार्ग वैकल्पिक रूपमा प्रयोग गर्न सकिने जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij