काठमाडाैं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा आज बिहान ठूलो सवारी दुर्घटना भएको छ । बस र ट्रकसहित ७ वटा गाडी आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन् ।
बिहान साढे सात मुग्लिनतर्फबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस एक–आपसमा ठोक्किँदा पछिपछि आएका अन्य पाँच गाडी पनि दुर्घटनामा परेका हुन् । ती गाडीमा टेलर, माइक्रोबस, अर्को बस, भ्यान र कार रहेका छन् ।
दुर्घटनापछि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । प्रहरीका अनुसार घाइतेमध्ये १३ जनाको उपचार नेशनल सिटी अस्पतालमा, ४ जनाको नयाँ मेडिकल कलेजमा र बाँकी ४ जनाको जनता केयर अस्पतालमा भइरहेको छ ।
घाइतेको उद्धार कार्य सकिएको र केहीलाई थप उपचारका लागि भरतपुर लगिएको प्रहरीले जनाएको छ ।