ओमानबाट २० नेपाली साइबर ठगी अभियोगमा देश निकाला

ओमानबाट २० नेपाली साइबर ठगी अभियोगमा देश निकाला

शनिवार, कार्तिक १ २०८२
शनिवार, कार्तिक १ २०८२
  • ओमानबाट २० नेपाली साइबर ठगी अभियोगमा देश निकाला

    काठमाडाैं । ओमानको उच्च अदालतले साइबर ठगीमा संलग्न एक महिलासहित २० जना नेपालीलाई देश निकाला गर्ने आदेश दिएको छ । तीमध्ये ११ जनालाई बिहीबार नै स्वदेश पठाइसकिएको छ भने बाँकी ७ जनालाई सोमबार पठाउने तयारी भइरहेको मस्कटस्थित नेपाली दूतावासले जनाएको छ । बाँकी २ जनाको उडान मिति अझै तोकिएको छैन ।

    दूतावासका अनुसार ती नेपालीहरू नेपालबाट दुबई भिजिट भिसामा गएका र त्यहाँबाट चाइनीज कम्पनीमार्फत रोजगारको आशामा ओमान पुगेका थिए । कम्पनीले उनीहरूलाई अनलाइन लगानी, सामाजिक सञ्जाल, नक्कली बैंक वेबसाइट र च्याट एपमार्फत ठगी गर्न लगाएको थियो। गत मार्च १० मा रोयल ओमान प्रहरीले सोहार शहरमा सञ्चालनमा रहेको ठगी नेटवर्कमाथि छापा मार्दा २० जना नेपालीसहित २५७ जना विदेशी पक्राउ परेका थिए । अदालतले उनीहरूलाई ६ महिनाको जेल सजाय र ३ सयदेखि ६ सय ओमानी रियाल जरिवाना तोकेको थियो ।

    दूतावासले यो हालसम्मकै ठूलो संख्यामा ओमानबाट नेपालीहरू डिपोर्ट भएको घटना भएको बताएको छ । हाल ओमानमा झन्डै २५ हजार नेपाली कार्यरत छन् र ठूला निर्माण परियोजनाका कारण नेपाली कामदारको माग बढ्दो छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij