काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहारमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न समयसीमा तोकेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै सो निर्णृय गरेको हो ।
साथै, पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील विष्फोटक पदार्थ विक्रीवितरण तथा प्रयोग नगर्न समेत आग्रह गरेको छ । त्यस्तो पाइएमा कानून बमोजिम कारबाही गर्ने काठमाडौं प्रशासनले चेतावनी दिएको छ ।
