१२ दिनपछि खुल्यो अवरुद्ध न्यालु सडक

१२ दिनपछि खुल्यो अवरुद्ध न्यालु सडक

शुक्रवार, आश्विन ३१ २०८२
शुक्रवार, आश्विन ३१ २०८२
  • १२ दिनपछि खुल्यो अवरुद्ध न्यालु सडक

    सिमकोट, (हुम्ला)- हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित न्यालु सडकखण्ड १२ दिनपछि सञ्चालनमा आएको छ । हिमपातका कारण सडकमा हिउँ जमेर बन्द भएको सडक हिउँ पन्छ्याएपछि सञ्चालनमा आएको हो । 

    पूर्वधार विकास कार्यालय हुम्लाले न्यालु सडकमा जमेको हिउँ पन्छ्याउनका लागि सदरमुकाम सिमकोटबाट स्काभेटर पठाएको थियो । बिहीबार हिउँ पन्छ्याएपछि सडक सुचारु भएको पूर्वाधार कार्यालय प्रमुख नरेशराज जैसीले बताए । सडकमा जमेको चार फिट हिउँ तीन दिन लगाएर पन्छाएपछि सहज रूपमा यातायात सञ्चालनमा आएको जानकारी दिए । 

    सडक सञ्चालमा आएसँगै हिमपातपछि तुम्लिङमा रोकिएका चालिस जनाभन्दा बढी यात्रु सकुशल सदरमुकाम सिमकोट पुगेका छन् । हिमपातपछि लिमी उपत्यामा यतिबेला चिसो अत्येधिक बढ्दै गएको छ । यहाँको तापक्रम बिहानबेलुका माइनसमा हुने गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij