कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत

कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत

शुक्रवार, आश्विन ३१ २०८२
शुक्रवार, आश्विन ३१ २०८२
  • कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत

    काठमाडौं ।  अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

    समितिका सभापति प्रा डा माधव  भट्टराई र सदस्यसचिव आचार्य लक्ष्मण पन्थीद्वारा जारी विज्ञप्तिअनुसार काठमाडौँमा भाइटीकाको शुभ साइत कात्तिक ६ गते बिहान ११ः३९ बजे रहेको जनाइएको छ ।

    भारत, अमेरिका, युरोप, अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया, युएई, कतारलगायत देशमा स्थानीय समयअनुसार ११ः०० देखि १२ः०० बजेसम्म टीका लगाउने शुभ समय निर्धारण गरिएको सभापति भट्टराईले जानकारी दिए ।
     
    समितिले उक्त साइतलाई सबैभन्दा उपयुक्त समय मानेर सो समयमा टीका लगाउन सिफारिस गर्दै आफ्नो स्थानअनुसार अनुकूल समयमा पनि टीका लगाउन सकिने सदस्यसचिव पन्थीले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij