वली सरकारले नियुक्त गरेका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

वली सरकारले नियुक्त गरेका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

बिहिवार, आश्विन ३० २०८२
बिहिवार, आश्विन ३० २०८२
  • वली सरकारले नियुक्त गरेका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

    काठमाडौं । सरकारले केपी शर्मा ओलीको पालामा राजनीतिक नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।


    बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, संयुक्त अधिराज्यलगायतका नेपाली आवासीय राजदूत राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता  समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । 

    चीनका लागि नेपाली राजदूत  प्राध्यापक डाक्टर कृष्ण प्रसाद ओली, जर्मनीका लागि नेपाली राजदूत डाक्टर शैल रुपाखेती, इजरायलका लागि नेपाली राजदूत प्राध्यापक धनप्रसाद पण्डित छन् । 

    यस्तै मलेसियाका लागि नेपाली राजदूत डाक्टर नेत्र प्रसाद तिमिल्सिना, कतारका लागि नेपाली राजदूत रमेश चन्द्र पौडेल, रुसका लागि नेपाली राजदूत जंगबहादुर चौहान साउदी अरबका लागि नेपाली राजदूत नरेश विक्रम ढकाल, स्पेनका लागि नेपाली राजदूत सनिल नेपाल, संयुक्त अधिराज्यका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे, संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत लोकदशर्न रेग्मी र जापानका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीलाई फिर्ता बोलाउने निर्णय गरेको खरेलले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij