चिकित्सकलार्ई निजी अस्पतालमा काम नगर्न निर्देशन

चिकित्सकलार्ई निजी अस्पतालमा काम नगर्न निर्देशन

बिहिवार, आश्विन ३० २०८२
बिहिवार, आश्विन ३० २०८२
  • चिकित्सकलार्ई निजी अस्पतालमा काम नगर्न निर्देशन

    तुलसीपुर  ।  लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले छात्रवृत्तिका चिकित्सकहरूलाई निजी अस्पतालमा काम नगर्न निर्देशन दिएको छ । 

    बुधबार मन्त्रालय मातहतका अस्पतालमा रहेका छात्रवृत्तिका चिकित्सकहरुलाई यस्तो निर्देशन दिइएको हो । वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोदनारायण चौधरीले सरकारी शिक्षण संस्थाहरूमा चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ बमोजिम कामकाजमा खटिएका विशेषज्ञ चिकित्सकलाई यस्तो निर्देशन दिइएको बताए । 

    नियमानुसार नेपाल सरकारबाट नियुक्ति लिएका चिकित्सकहरूले निजि रूपमा चिकित्सकीय सेवा प्रदान गर्न नपाइने प्रावधान छ । सोहीअनुसार बुधबार प्रदेशका सबै अस्पताललाई पत्र लेख्दै यस्तो निर्देशन गरिएको प्रशासक चौधरीले बताए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij