अख्तियारले लग्यो अनुसन्धानका लागि फोहर पानी प्रशोधन केन्द्रको कागजात

अख्तियारले लग्यो अनुसन्धानका लागि फोहर पानी प्रशोधन केन्द्रको कागजात

बुधवार, आश्विन २९ २०८२
बुधवार, आश्विन २९ २०८२
  • अख्तियारले लग्यो अनुसन्धानका लागि फोहर पानी प्रशोधन केन्द्रको कागजात

    वीरगञ्ज  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगर मातहतको फोहर पानी प्रशोधन केन्द्रको कागजात अनुसन्धानका लागि लगेको छ । 

    आयोगको टोलीले सहरी विकास मन्त्रालय र वीरगञ्ज महानगरको संयुक्त लगानीमा निर्माण गरिएको फोहर पानी प्रशोधन केन्द्रसँगसम्बन्धित उजुरी परेपछि आवश्यक कागजात अनुसन्धानका लागि लगेको हो । 

    आयोगको कार्यालय हेटाँैडाका सूचना अधिकारी विमोचन घिमिरेले आयोगको टोलीले सम्बन्धित कागजात लगेको बताए । ‘‘आयोगको टोलीले आवश्यक अनुसन्धानका लागि कागजात लगेको हो,’’ उनले भने । वीरगञ्ज महाननगर र सहरी विकास मन्त्रालयको संयुक्त लगानीमा करिब  २७ करोड रुपैयाँमा यहाँ फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij