प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्चमा दर्ता भयो ९ वटा रिट, कार्तिक १२ गते पेसी

प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्चमा दर्ता भयो ९ वटा रिट, कार्तिक १२ गते पेसी

बुधवार, आश्विन २९ २०८२
बुधवार, आश्विन २९ २०८२
  • प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्चमा दर्ता भयो ९ वटा रिट, कार्तिक १२ गते पेसी

    काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ९ वटा रिट दर्ता भएका छन् । बुधबार सर्वोच्चमा ९ वटा रिट दर्ता भएका हुन् ।

    रिटमाथि आगामी कार्तिक १२ गतेका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

    १० वटा रिट पेस भएकामा ९ वटामात्रै दर्ता भएका हुन् ।

    गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनमा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइ बाहेक सबै काम स्थगित गरिएको थियो । मंगलबारदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि प्रतिनिधिसभा विघटनविरुद्ध धमाधम रिट निवेदन पेस भएका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij