एक लाखभन्दा बढी घुससहित लेखा अधिकृत दाहाल अख्तियारको नियन्त्रणमा

एक लाखभन्दा बढी घुससहित लेखा अधिकृत दाहाल अख्तियारको नियन्त्रणमा

सोमवार, आश्विन २७ २०८२
सोमवार, आश्विन २७ २०८२
  • एक लाखभन्दा बढी घुससहित लेखा अधिकृत दाहाल अख्तियारको नियन्त्रणमा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डिराज दाहाललाई रु एक लाखभन्दा बढी घुससहित नियन्त्रणमा लिएको छ ।

    लेखा अधिकृत दाहालले विभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकमबापत घुस-रिसवतका रूपमा लिएको रु एक लाख २० हजार ५८० कार्यकक्षमा लुकाइराखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टोलीले आज नियन्त्रणमा लिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । 

    उनले भने, “लेखा अधिकृत दाहालको कार्यकक्षबाट घुस÷रिसवतबापतको रकम, मोबाइल डिभाइस एक थान र अन्य सम्बन्धित कागजातसहित नियन्त्रणमा लिइएको हो ।” 

    उक्त विषयमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij