प्रधानमन्त्री कार्कीको भिडिओ सन्देश- जेनजीलाई नयाँ नेपाल निर्माणको साझेदार बनाइनेछ

प्रधानमन्त्री कार्कीको भिडिओ सन्देश- जेनजीलाई नयाँ नेपाल निर्माणको साझेदार बनाइनेछ

शुक्रवार, आश्विन २४ २०८२
शुक्रवार, आश्विन २४ २०८२
  • प्रधानमन्त्री कार्कीको भिडिओ सन्देश- जेनजीलाई नयाँ नेपाल निर्माणको साझेदार बनाइनेछ

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भविष्यको नेपाल निर्माणमा जेनजी पुस्तालाई अर्थपूर्ण रूपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । जेनजी आन्दोलनको एक महिना पुगेको अवसरमा बिहीबार एक भिडियो सन्देश जारी गर्दै उनले सबैलाई संयम अपनाउन र हिंसाको चक्र रोक्न हार्दिक अपिल गरेकी हुन् ।

    प्रधानमन्त्री कार्कीले युवाहरूको बलिदानबाट प्राप्त यस राजनीतिक क्रान्तिको भावनालाई आत्मसाथ गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘भविष्यको नेपाल निर्माणमा जेनजीलाई अर्थपूर्ण रूपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्नेछौँ । आजका दिन म सबैलाई संयम राख्न र हिंसाको चक्र रोक्न अपिल गर्न चाहन्छु । यो दुःखद घटनालाई नयाँ नेपाल निर्माणको जग बनाउन हामीहरूलाई आपसी सद्भाव र राष्ट्रिय एकता आवश्यक छ ।’

    प्रधानमन्त्री कार्कीले आफ्नो नेतृत्वको सरकार युवाहरूले चाहेको परिवर्तनबारे जानकार रहेको र त्यसप्रति प्रतिबद्ध पनि रहेको स्पष्ट पारिन् । उनले विगतका सरकारहरूले युवाहरूको आवाज सुन्न नसकेको स्वीकार गर्दै यसका लागि सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्ने बताइन् । ‘हामी युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिबद्ध छौँ र नयाँ मार्गमा अघि बढिरहेका छौँ,’ उनले थपिन्, ‘यो माग आगामी निर्वाचनपछि पनि निरन्तर कायम रहनुपर्छ ।’

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij