हिमपातका कारण न्यालु सडक अवरुद्ध, पर्यटक अलपत्र

हिमपातका कारण न्यालु सडक अवरुद्ध, पर्यटक अलपत्र

शुक्रवार, आश्विन २४ २०८२
शुक्रवार, आश्विन २४ २०८२
  • हिमपातका कारण न्यालु सडक अवरुद्ध, पर्यटक अलपत्र

    सिमकोट। अविरल हिमपातका कारण न्यालु सडक अवरुद्ध हुन पुगेको छ । नाम्खा गाउँपालिका–६ को लिमी उपत्यका जोड्ने न्यालु सडक अवरुद्ध भएपछि लाप्चा नजिक छ वटा सवारीसाधनमा यात्रा गरेका आन्तरिक पर्यटक अलपत्र छन् । 
     
    सिमकोट गाउँपालिका–५ का उब्जन रावतका अनुसार न्यालु सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटकलाई गन्तव्यसम्म पुग्न सास्ती भएको छ भने बाक्लो हिमपातका कारण हिँड्न पनि कठिन भएको छ । सडकमा जमेको हिउँ पन्छाउन चार दिन  लाग्ने उन्ले बताए । 

    समुद्र सतहबाट न्यालु पाँच हजार मिटरको उचाइमा छ । हिमपातका कारण तिल, हल्जी र जाङका बासिन्दा अधिक प्रभावित भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij