काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको सुरक्षा स्थिति र पछिल्ला घटनाक्रमबारे तीनवटै सुरक्षा निकायका शीर्ष अधिकारीहरूसँग परामर्श गरेका छन् । बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको छलफलमा नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।
बैठकमा हालका राजनीतिक परिस्थितिका साथै विपद् व्यवस्थापनका विषयमा जानकारी लिइएको थियो । साथै, काठमाडौं उपत्यकामा बढ्दो सुरक्षा चुनौती र त्यसको समाधानका उपायबारे पनि विस्तृत छलफल गरिएको बताइएको छ ।