अविरल वर्षा र पहिरोले देशभरका नौ सडक अझै अवरुद्ध

अविरल वर्षा र पहिरोले देशभरका नौ सडक अझै अवरुद्ध

बिहिवार, आश्विन २३ २०८२
बिहिवार, आश्विन २३ २०८२
  • अविरल वर्षा र पहिरोले देशभरका नौ सडक अझै अवरुद्ध

    काठमाडौं । अविरल वर्षा र पहिरोका कारण देशका विभिन्न नौ स्थानका सडक अझै पनि सञ्चालनमा आउन सकेका छैनन् । नेपाल प्रहरीका अनुसार कोशी, मेची, बीपी, पासाङ ल्हामु र कर्णाली करिडोरका केही खण्डहरू पहिरोले अवरुद्ध छन् ।

    कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोलामा जेठ ६ गतेदेखि नै सडक पूर्णरूपमा बन्द छ । सोही राजमार्गको मकालु गाउँपालिका–३ एकुवामा पनि करिब एक महिनादेखि पहिरोका कारण आवागमन ठप्प छ ।

    त्यस्तै, मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ राजदुवाली लगायतका क्षेत्रमा पहिरो र वर्षाका कारण सडक आवागमन पूर्ण रूपमा रोकिएको छ । पाँचथरको तुम्वेबा गाउँपालिका–२ नावाखोलामा पनि निरन्तर वर्षाले सडक सञ्चालनमा अवरोध पुर्‍याएको छ ।

    रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ मा तीन ठाउँमा पहिरो खसेपछि पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    बीपी राजमार्ग पनि काभ्रे र सिन्धुलीका विभिन्न स्थानमा बन्द छ । काभ्रेको रोशी गाउँपालिका–११ माम्तीखोला लगायत तीन ठाउँमा तथा सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकमा पहिरोका कारण सडक आवागमन रोकेको छ ।

    त्यस्तै, पश्चिम नेपालको कर्णाली करिडोरअन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका–५ करिल्ला र कालिकोटको पचालझरना गाउँपालिका–८ जुगेनी खोलामा पनि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    लगातारको वर्षा र पहिरोका कारण यी स्थानहरूमा सवारीसाधनको आवतजावत रोकिँदा जनजीवन प्रभावित बनेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij