दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध लिचीबारी जग्गा प्रकरणको फाइल विशेष अदालत पुग्यो

दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध लिचीबारी जग्गा प्रकरणको फाइल विशेष अदालत पुग्यो

बुधवार, आश्विन २२ २०८२
बुधवार, आश्विन २२ २०८२
  • दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध लिचीबारी जग्गा प्रकरणको फाइल विशेष अदालत पुग्यो

    पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ताका लागि अख्तियार विशेष अदालत पुगेको छ । उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

    पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा लिएर विशेष अदालत गएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । हाल अदालतमा रुजु गर्ने काम भइरहेको पौडेलले बताए ।

    जग्गा हिनामिना गर्ने योजनामा भएको घूस डिल प्रकरणमा पूर्वमन्त्रीद्वय र बिचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि यो प्रकरणमा मुद्दा अघि बढेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij