रौतहटमा सुटकेसभित्र महिलाको शव फेला

रौतहटमा सुटकेसभित्र महिलाको शव फेला

आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ २०८२
  • रौतहटमा सुटकेसभित्र महिलाको शव फेला
    काठमाडौं ।  गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको शव भेटिएको हो । 
     
    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजु कार्कीले उक्त शव माधवनारायण नगरपालिका–२ माधोपुर माइत भएकी रुविकुमारी साहको रहेको जानकारी दिए । 
     
    शनिबार राति १०ः३० बजेतिर डोरीले बाँधिएको सुटकेसभित्र महिलाको शव भेटिएको थियो । अन्दाजी ३० वर्षीया ती महिलाको घर भारतको मुजफ्पुरमा रहेको र हाल माइत माधोपुरमा आमासँगै बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 
     
    प्रहरीले शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij