सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  • सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन
    काठमाडौं । सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको मृत्यु भएको छ । 
     
    सगरमाथाको चौथो शिविरमा गएराति आराम गरिरहेका अवस्थामा उनको निधन भएको पर्यटन विभागले जनाएको छ । उनी स्नो होराइजन टेक्स एण्ड एक्सपिडिसन प्रालिमार्फत सगरमाथा आरोहणमा गएका थिए । 
     
    फिलिप चौथो शिविरमा करिब रातको ७÷८ बजे थकित अवस्थामा पुगेका र आराम गरेका अवस्थामा मृत्यु भएको आरोहणदलका सदस्यबाट आज विहान जानकारी प्राप्त भएको विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मृतकको शव आवश्यक प्रक्रिया पु¥याएर आधार शिविर ल्याउने प्रक्रिया भइरहेको जनाइएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij