सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त

सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त

बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  • सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त

    काठमाडौं । लामाे समयपछि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त भएका छन् । बुधबार राती प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दुवै आयोगका अध्यक्षसहित पदाधिकारीको नियुक्त गरेको हो ।  

    सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा पूर्व न्यायाधीश महेश थापा र सदस्यमा अच्युत भण्डारी, टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारी कौसल्या ओझा नियुक्त भएका छन् ।

    त्यसैगरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा पूर्व मुख्यसचिव लीलादेवी गडतौलालाई नियुक्त गरिएको छ । साे समितिकाे सदस्यमा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपाली नियुक्त भएका छन् । 

    पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले सिफारिस गरेका नामलाई मन्त्रिपरिषद्ले अनुमोदन गर्दै आयोगलाई पूर्णता दिएको हो । 

    उनीहरूको कार्यकाल चार वर्ष रहने र तलब, भत्ता तथा सेवा सुविधा राष्ट्रिय मानव अधिकार आयोगसरह हुने बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij