शोभाकान्त पौडेल सचिवमा बढुवा

शोभाकान्त पौडेल सचिवमा बढुवा

बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  • शोभाकान्त पौडेल सचिवमा बढुवा

    काठमाडौं । सहसचिव शोभाकान्त पौडेल सचिवमा बढुवा भएका छन् । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गरेको हाे । 

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले अवकाश पाएपछि रिक्त रहेको सचिव पदमा सरकारले पौडेललाई बढुवा गरेको हाे । 

    लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त सचिवमा बढुवाका लागि पौडेलको नाम सिफारिस गरेको थियो । साेहि सिफारिसका आधारमा पाैडेलाई सचिवमा बढुवा गरिएको जनाइएको छ । 

    सचिवमा बढुवा भएका पौडेलले भन्सार विभागको महानिर्देशक, धितोपत्र बोर्डको अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षलगायतका महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका छन् । पौडेल यसअघि पनि सचिव बढुवा सिफारिसमा परेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij