काठमाडौं । सरकारले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले साे समिति पुनर्गठन गरेको हाे ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजक रहेको समितिकाे सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे रहेका छन् ।
यसअघिका सदस्य डा. विश्व पौडेलको राजीनामापछि समितिमा डा. पाण्डेलाई राखेर फेरि पुनर्गठन गरिएको हो ।