काठमाडौं । कांग्रेसकी सांसद माया राईलाई अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीले उनीमाथि लागेको आरोपको छानबिनका क्रममा धरौटीमा रिहा गर्न मंगलबार आदेश दिएका हुन् ।
राईलाई स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोपमा प्रहरीले वैशाख १३ गते पक्राउ गरेको थियो । उनी कालिमाटीस्थित मुख्य कार्यालय रहेको उक्त सहकारी संस्थामा पहिले सदस्य र पछि सहसचिवको रुपमा कार्यरत थिइन् ।