काठमाडौँ । काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा आज बिहान भएको आगलागीमा परेर एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ग्यास चुहिएर एउटा घरबाट शुरु भएको सो आगोलागीबाट दुईवटा घरमा क्ष्ति पुगेको छ ।
काठमाडौँ र ललितपुर महानगरपालिकाका वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो निभाइएको हो । घटनास्थलबाट अन्दाजी ७० वर्षकी महिलाको शव निकालिएको छ ।
प्रहरीका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर पनि आगो सल्केको थियो ।