काठमाडौं । देशभर हाल पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपात पनि हुन सक्छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको छ । यस्ता मौसमीय अवस्थाले दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।