नुहाउने क्रममा दुई बालिका त्रिशूली नदीमा वेपता

नुहाउने क्रममा दुई बालिका त्रिशूली नदीमा वेपता

बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • नुहाउने क्रममा दुई बालिका त्रिशूली नदीमा वेपता

    काठमाडौं । नुहाउने क्रममा दुई बालिका त्रिशूली नदीमा वेपता भएका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित त्रिशूली नदीमा नुहाउन गएका दुई बालिका बेपत्ता भएका हुन् । 

    विद्यालयबाट फर्केपछि मंगलबार साँझ ६ बजेतिर नुहाउन गएका स्थानीय ११ वर्षीया जेनी डंगोल र सदीक्षा राई नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।  

    नदी किनारमा नुहाउने क्रममा सुरुमा एउटा बालिका डुबेपछि उनलाई बचाउने क्रममा दुवैजनालाई बगाएको सँगै नुहाउन गएका उनीहरूका साथीहरूले बताएका छन् । बगाएको सूचना पाएलगत्तै सुरक्षा टाेली र स्थानीयले खोजी कार्य थालेपनि फेला नपरेको बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij