आर्थिक अपराध हेर्न प्रहरीमा छुट्टै इकाइ

आर्थिक अपराध हेर्न प्रहरीमा छुट्टै इकाइ

मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • आर्थिक अपराध हेर्न प्रहरीमा छुट्टै इकाइ

    काठमाडौं । आर्थिक अपराधको घटनामा वृद्धि भएपछि नेपाल प्रहरीले यस विषयमा विशेष अनुसन्धान गर्न छुट्टै इकाइ गठन गरेको छ । १७ वैशाखदेखि लागू हुने गरी आर्थिक तथा वित्तीय अपराध अनुसन्धान इकाइको स्थापना गरिएको हो ।

    यो नयाँ इकाइ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो अन्तर्गत रहनेछ र कार्यालय पनि लाजिम्पाटस्थित CIB भवनमै सञ्चालनमा ल्याइएको छ । हाल उक्त इकाइमा एक एसएसपीसहित १९ जना प्रहरी खटाइएको छ। प्रारम्भिक चरणमा एसएसपी होबिन्द्र बोगटीले इकाइको नेतृत्व गरेका छन् ।

    गृहमन्त्रालयबाट स्वीकृति प्राप्त भइसकेको यस इकाइको पूर्ण संरचना र दरबन्दी भने अझै तय गरिएको छै न। आगामी दिनमा औपचारिक संगठन संरचना पूरा भएपछि स्थायी रूपमा नेतृत्वको जिम्मेवारी र जनशक्ति निर्धारण गरिनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij