काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा पुल भाँचिएपछि नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । नवलपुरको चोरमारास्थित गिरुबारी खोलाको पुल भाँचिदा साे सडक खण्ड अवरुद्ध भएको हाे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार राति ट्रक पार गर्ने क्रममा साे पुल भाँचिएको हो। पुल भाँचिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ ।
ट्रक पार गर्ने क्रममा पुल दबिएको छ। साथै पुलको छेउछाउमा समेत चर्किएको छ। ट्रक हटाएपछि मात्र पुल माथिबाट सवारी सञ्चालन गर्न सक्ने÷नसक्ने यकिन हुने प्रहरीले जनाएको छ ।