सत्य निरुपण आयोगमा थापा र बेपत्ता छानबिन आयोगमा गड्तौला सिफारिस

सत्य निरुपण आयोगमा थापा र बेपत्ता छानबिन आयोगमा गड्तौला सिफारिस

आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • सत्य निरुपण आयोगमा थापा र बेपत्ता छानबिन आयोगमा गड्तौला सिफारिस

    काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी सिफारिस भएका छन् । सरकारले गठन गरेको सिफारिस समितिले संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगमा पदाधिकारीहरूको नाम सिफारिस गरेको हो । 

    आयोग स्रोतका अनुसार, सत्य निरुपण तथा मेलमिलाप आयोगमा उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र बेपत्ता छानबिन आयोगमा पूर्व मुख्यसचिव लिलादेवी गड्तौलाको नाम सिफारिस भएको छ । 

    यसअघि द्वन्द्वपीडितहरूले भागबन्डामा पदाधिकारी छनौट गर्न खोजिएको र आफूहरूसँग कुनै परामर्श नगरिएको भन्दै प्रक्रियामा असहमति जनाएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij