कावासोतिको लोकाहा जंगलमा मोटरसाइकल दुर्घटना, दाजुभाइको मृत्यु

कावासोतिको लोकाहा जंगलमा मोटरसाइकल दुर्घटना, दाजुभाइको मृत्यु

शनिवार, बैशाख २७ २०८२
शनिवार, बैशाख २७ २०८२
  • कावासोतिको लोकाहा जंगलमा मोटरसाइकल दुर्घटना, दाजुभाइको मृत्यु

    काठमाडौं । नवलपरासीको कावासोती नगरपालिका—१ लोकाहा जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु भएको छ ।

    मुण्डेबाट लोकाहातर्फ आउँदै गरेको लु १३ प ७०२ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका—११ शान्तिटोलका २४ वर्षीय ईश्वर दर्लामी र २१ वर्षीय सागर दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादब ढकालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल लगिएको थियो ।

    सो क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij