पिकअप दुर्घटनामा प्रहरी सहायक निरीक्षक खतिवडाको मृत्यु

पिकअप दुर्घटनामा प्रहरी सहायक निरीक्षक खतिवडाको मृत्यु

शनिवार, बैशाख २७ २०८२
शनिवार, बैशाख २७ २०८२
  • पिकअप दुर्घटनामा प्रहरी सहायक निरीक्षक खतिवडाको मृत्यु

    काठमाडौं । सुनसरीको दुहबी नगरपालिकाको फुटानी चौकमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको छ । शनिबार दुहबी नगरपालिका- ३ स्थित फुटानी चौकमा दुर्घटना हुँदा उदयपुरको त्रियुगा नगरपालिका- ८ का प्रहरी सहायक निरीक्षक खतिवडाको मृत्यु भएको हो ।

    उनी हाल जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत थिए ।

    शनिबार इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको दाउरा बोकेको पिकअप (प्र २–०१–००१ च ०२५१) अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका असई खतिवडालाई उपचारका लागि तत्काल विराट शिक्षण अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको कोशी प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले पुष्टि गरेका छन् ।

    उक्त भ्यानमा सवार अन्य दुई व्यक्ति — चौदण्डीगढी नगरपालिका–६, उदयपुरका ३८ वर्षीय चालक सुरेश कार्की र उनकी १४ वर्षीया छोरी रोजिना कार्की — घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij