नेपाल–भारत सीमामा परिचयपत्र अनिवार्य, सुरक्षा कडा

नेपाल–भारत सीमामा परिचयपत्र अनिवार्य, सुरक्षा कडा

शनिवार, बैशाख २७ २०८२
शनिवार, बैशाख २७ २०८२
  • नेपाल–भारत सीमामा परिचयपत्र अनिवार्य, सुरक्षा कडा

    काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावको सन्दर्भमा नेपाल सरकारले भारतीय सीमामा सुरक्षा व्यवस्था कडा बनाएको छ । गृह मन्त्रालयको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले अन्तर्राष्ट्रिय नाकामा सुरक्षा गस्ती र जाँचमा कडाइ गरेका छन् । सीमा ओहोरदोहोर गर्ने व्यक्तिहरूको परिचयपत्र अनिवार्य गरिएको छ र अभिलेख राखिने काम भइरहेको छ ।

    यसै क्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले पनि सीमा क्षेत्रमा सुरक्षा थप कडा पारिएको जानकारी दिएका छन् । लैनचौरस्थित भारतीय दूतावासमा मुलधारका सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा उनले भारतले संवेदनशील विमानस्थल र सीमा क्षेत्रहरूमा सुरक्षा सतर्कता बढाएको बताए । साथै, नेपालतर्फ आपूर्ति व्यवस्थामा असर नपर्ने गरी तयारी भइरहेको पनि उनले उल्लेख गरे ।

    राजदूत श्रीवास्तवले घुसपैठ र अन्य अवाञ्छित गतिविधिहरू रोक्न दुबै देशले सीमा सुरक्षामा विशेष ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij