काठमाडौं । बाजुरामा विस्फोटक पदार्थ पड्किंदा एक महिलाको ज्यान गएको छ । शुक्रबार बिहान जिल्लाको बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा घाँस काट्न गएकी ५० वर्षीया काली जैशीको विस्फोटक पदार्थ पड्किंएर लाग्दा मृत्यु भएको हो ।
प्रहरीका अनुसार, जैशी सुजारी पाताल सामुदायिक वनमा घाँस काटिरहेका वेला विस्फोटक पदार्थ पड्किंदा गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि कोल्टी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका जनाइएको छ ।
विस्फोटको कारण खुल्न नसकेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बाजुरा प्रहरीले जनाएको छ ।